०९ असार २०८३, मंगलबार

केन्द्रीय प्रशासन हाँक्ने कानुन नै ‘संघीयता विरोधी’

फागुन १, २०७५
केन्द्रीय प्रशासन हाँक्ने कानुन नै ‘संघीयता विरोधी’

काठमाडौं– संघीय सरकारको स्थायी प्रशासन कमान्ड गर्ने मुख्य कानुन नै संघीयताविरोधी रहेको पाइएको छ । राजधानी दैनिकमा खबर छापिएको छ । 


प्रदेश र स्थानीय सरकारको प्रमुख प्रशासनिक पदमा केन्द्रीय निजामती सेवाका कर्मचारी रहने गरी सरकारले संघीय निजामती सेवा ऐन बनाउने गृहकार्य अन्तिम चरणमा पु–याएको छ । यो व्यवस्थाले प्रदेश र स्थानीय तहमा पनि केन्द्रकै कर्मचारीको हालीमुहाली चल्ने देखिएको छ ।

प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरूले केन्द्रकै कर्मचारीलाई रिझाएर काम गर्नुपर्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक बनाएको हो । अहिले प्रदेश मन्त्रालय र स्थानीय तहको प्रशासनिक अधिकृतलाई आर्थिक अधिकारसमेत दिइएको छ । ती सबै कर्मचारी केन्द्रीय सरकारकै खटनपटनमा छन् ।

केन्द्रीय प्रशासन हाँक्ने गरी बनाइएको संघीय निजामती सेवासम्बन्धी विधेयक पारित भएमा संविधानअनुसार प्रदेशमा गठन हुने प्रदेश लोकसेवा आयोगले पनि प्रदेश र स्थानीय तहको प्रमुख प्रशासनिक पदका लागि पदपूर्ति गर्न पाउनेछैन । प्रदेशमा बनाइने कर्मचारीसम्बन्धी सबै कानुन बनाउँदा संघीय निजामती सेवा ऐनलाई नै मार्गदर्शक कानुनका रूपमा लिनुपर्ने बाध्यकारी व्यवस्थासमेत विधेयकमा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्