१० असार २०८३, बुधबार

वकिलबाटै यसरी ठगिए सर्वोच्च अदालतका पूर्वन्यायाधीश

फागुन १, २०७५
वकिलबाटै यसरी ठगिए सर्वोच्च अदालतका पूर्वन्यायाधीश

काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरु नै अर्का एक अधिवक्ताबाट ठगीएका छन् । 
आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल सिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् ।
२ करोड ७६ लाख हिनामिना गरेको आरोपमा सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । 
सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । 
कम्पनीका शेयरधनी रहेका सर्वोच्चकै पूर्वन्यायाधीश भरतकुमार कार्की, वरिष्ठ अधिवक्ताहरुकृष्ण प्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्