११ असार २०८३, बिहीबार

जनयुद्ध दिवसको सम्झनामा धुम्बाराहीमा प्रचण्डको विशेष कार्यक्रम

जनयुद्ध दिवसको सम्झनामा धुम्बाराहीमा प्रचण्डको विशेष कार्यक्रम
फाइल तस्वीर

काठमाडौं– जनयुद्ध दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरिँदैछ । २०५२ साल फागुन १ गते अर्थात आजैको दिन शुरु भएको युद्धलाई जनयुद्ध दिवसको रुपमा स्मरण गर्ने गरिन्छ । नेपालमा तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको २४ वर्ष पुगेको छ । 

दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज पार्टी कार्यालयमा कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा बिहान साढे १० बजे पार्टी कार्यालय धुम्बाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शकीदहरुप्रति श्रद्धाञ्जली’ कार्यक्रम राखिएको छ ।

यसैबिच नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्याले दिवसको अवसरमा बक्तब्य जारी गर्दै अहिले इतिहासका जटिल आरोह अवरोहका प्रक्रिया र गम्भीर धक्काका बीचमा चौबीसौं जनयुद्ध दिवस मनाउँदै गरेको बताएका छन् । नेपालमा सञ्चालित जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरू खेर नगएको र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेको महासचिव वैद्यले उल्लेख गरेका छन् । 

यहाँसम्म आइपुग्दा माओवादीको विाभाजन र एकताको प्रक्रिया चलिनै रहेको छ । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी सशस्त्र युद्ध सुरु गरेको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौं घाइते र बेपत्ता भए । 

salt training

कमेन्ट गर्नुहोस्