०३ साउन २०८३, आइतबार

राजतन्त्र पुनर्बहालीको कसम खाँदै राणा र लोहनीले गरे अध्यक्षको पदभार ग्रहण

राजतन्त्र पुनर्बहालीको कसम खाँदै राणा र लोहनीले गरे अध्यक्षको पदभार ग्रहण

काठमाडौं – नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले राजतन्त्र पुनर्बहालीको कसम खाँदै पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै दुवै अध्यक्षले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने, राजसंस्था पुनर्बहाली गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।

केही दिनअघि पार्टी एकीकरण गरेका अध्यक्ष द्वयले बुधवार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा अध्यक्ष पदको पदबहाली गरेका छन् । पदबहालीपछि निर्णय गर्दै पार्टीले केन्द्रीय सचिवालय सञ्चालनका लागि केन्द्रीय सचिवालय गठन गरेको छ ।

ध्रुवबहादुर प्रधानको संयोजकत्वमा रहेको सचिवालयमा भरतजंग उप्रेती सहसंयोजक र सदस्यहरू मीना शाही, बाबुराम बस्नेत र रामशरण पाठक रहेका छन् ।

राजेन्द्र गुरुङको संयोजकत्वमा केन्द्रीय सञ्चार समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा किरण गिरी, जनकराज पाठक, सगुनसुन्दर लावती, सुदर्शन सिलवाल, रविन चामलिङ्ग रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्