०४ असार २०८३, बिहीबार

काठमाडौंका विद्यालयमा विद्यार्थी खडेरी

कात्तिक २०, २०७४
काठमाडौंका विद्यालयमा विद्यार्थी खडेरी
काठमाडौं, २९ फागुन- सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंका सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको हो ।

जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । सामुदायिकको भन्दा झन्डै तेब्बर ६२ निजी विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । आचार्यले भने, ‘विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।’

नियमअनुसार उपत्यका र तराईमा एक शिक्षकबराबर प्राथमिक तहमा ५० विद्यार्थी हुनुपर्छ । तर, कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन् । माथिल्लो तहमा भने उपत्यकाका सामुदायिक विद्यालयमा चाप छ ।

salt training

कमेन्ट गर्नुहोस्