१२ असार २०८३, शुक्रबार

सेनाले दियो बढुवा भएका पाँच उपरथीलाई जिम्मेवारी, कसलाई कहाँको जिम्मेवारी ?

सेनाले दियो बढुवा भएका पाँच उपरथीलाई जिम्मेवारी, कसलाई कहाँको जिम्मेवारी ?

काठमाडौं– उपरथी दर्जामा पदोन्नती भएका पाँच जना सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई बुधबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


पदोन्नती भएका उपरथीहरुलाई सेनाले जिम्मेवारी पनि प्रदान गरेको छ ।  जसअनुसार कार्कीलाई सूदुरपश्चिम पृतनापति, राणालाई उत्तरपश्चिम पृतनापति, अनन्त कार्कीलाई कार्यरथी विभाग, खड्कालाई मध्यपश्चिम पृतनापति र पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 
मन्त्रीपरिषद्को माघ २५ गतेको निर्णय अनुसार उनीहरु बढुवा भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्