
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ऊखुको मूल्य निर्धारणमा जटिलता रहेको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभामा बोल्दै उनले ऊखुको मूल्य निर्धारणमा जटिलता रहेको बताएका हुन् ।
किसान, उद्योग र उपभोक्ता तीन पक्षसित जोडिएको विषय भएकाले ऊखुको मूल्यका विषयमा जटिलता रहेको मन्त्री यादवले बताए । ‘ऊखुको मूल्यको विषयमा किसान, उद्योगी र उपभोक्ता जोडिएकाले अलि जटिल विषय छ’ उनले भने, ‘तैपनि यो विषय समाधानका लागि मन्त्रालय लागिपरेको छ, ।’
किसानले ऊखुको मूल्य नपाएको गुनासो आइरहेको भन्दै राष्ट्रिय सभा बैठकमाद सांसदहरुले प्रशन उठाएका थिए ।
सो क्रममा जवाफ दिँदै मन्त्री यादवले ऊखुको मूल्यका सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समेत अनुमगन गरिरहेको बताए ।
त्यस्तै उद्योगीले चिनीको मूल्य बढाउने विषयमा लबिङ गरिरहेका प्रति मन्त्री यादवले उद्योगी, व्यापारी र सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए ।
त्यस्तै किसानका नेतहरुको नियन राम्रो नभएको मन्त्री यादवको भनाइ थियो ।
उनले किसानका नेताहरुले ऊखुको मूल्यका लागि चिनी उद्योगीसाग भित्रभित्रै सम्झौत गर्ने, मन्त्रालयले सोध्दा सम्झौता नगरेको बताउने भन्दै उनीहरुको नियत नै राम्रो नभएको बताए ।
‘किसानहरुको नियतै छैन । ऊखुको किसानको झनै छैन’ उनले थपे, ‘किसानका नेता कम मूल्यमा सम्झौता गर्ने रहेछन् । हामीले सोध्दा सम्झौता गरेका छैनौं भन्छन् ।’