१३ असार २०८३, शनिबार

विज्ञानमैत्री वातावरण बनाउँछौं: मन्त्री रावल

फागुन ३, २०७५
विज्ञानमैत्री वातावरण बनाउँछौं: मन्त्री रावल

सुर्खेत - कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा विज्ञानमैत्री वातावरण बनाउने बताएका छन् । कक्षा ८ र ९ मा सुर्खेतमा अध्ययनरत विद्यार्थीहरुद्वारा वीरेन्द्रनगर वडा नं २ को प्रभात मा. वि. कोलडाडामा आयोजना गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले विज्ञान र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।

'विश्व विज्ञान र प्रविधिको क्षेत्रमा निक्कै फड्को मारिसकेको छ,' मन्त्री रावलले भने, 'हामी पनि विज्ञान र प्रविधिमा फड्को मार्न चाहन्छौं, विकास गर्न चाहन्छौं ।' मन्त्री रावलले विज्ञान र प्रविधि क्षेत्रमा राम्रो काम गर्ने सक्ने युवा विद्यार्थीलाई प्रदेश सरकारले आवश्यकता अनुसारको सहयोग गर्ने वातावरण बनाउने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विद्यार्थीहरुमा सिर्जनात्मकता बढदै गएको बताईन् । उनले वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थीहरुलाई प्रोत्साहन दिइरहेको बताउँदै आवश्यक परे नगरपालिका पनि सहयोग गर्न तयार रहेको बताईन् ।

salt training

कमेन्ट गर्नुहोस्