
काठमाडौं– रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखिएको समाचार राजधानी दैनिकमा छ ।
अलपत्र पर्नेमा अधिकांश महिला छन् । नेपाली पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन । परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीद्वारा उनीहरूलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ ।