१० असार २०८३, बुधबार

पशुपतिशमशेर राणा र कमल थापाको सम्बन्ध : एक–अर्काबारे  के भन्छन् ?

फागुन ४, २०७५
पशुपतिशमशेर राणा र कमल थापाको सम्बन्ध : एक–अर्काबारे  के भन्छन् ?

पशुपतिशमशेर राणा र कमल थापा दुवै पूर्वपञ्च हुन् । दुवै पञ्चायती राजनीतिका शक्तिशाली खेलाडी । अहिले राणा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष, अनि थापाचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष । पञ्चायत–राजनीतिमा उत्पादन भए पनि यी दुवै खेलाडी ०४६ पछिको बहुदलकाल र ०६३ पछिको गणतन्त्रकालमा समेत राजनीतिमा धेरै अर्थमा शक्तिशाली भूमिकामै रहे । शक्ति अभ्यासले उनीहरूको सम्बन्ध भने चिसोतातो बनाइरह्यो ।

०४६ को जनआन्दोलनपछि पनि यी दुवै नेताले राजा र राजतन्त्रका पक्षमा वकालत गर्न छाडेनन् । ०६५ पछि देश संविधानतः धर्मनिरपेक्षता र गणतन्त्रमै प्रवेश ग-यो । तर, राणा र थापा भने सनातन हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र वा राजासहितको प्रजातन्त्रको वकालत गरिरहेका छन् । एउटै एजेन्डा र एउटै प्रकृतिको राजनीति लामो समयसम्म गरे पनि दुई नेताबीचको सम्बन्ध भने सौहार्द कहिल्यै देखिएन । पञ्चायतकालमै थापा पञ्चायतका हस्ती सूर्यबहादुर थापासँग थिए भने राणा लोकेन्द्रबहादुर चन्दका पक्षमा । 

 थापाबारे राणा भन्छन्, ‘कमल थापासँग चिनजान भएको लामो समय भयो । उहाँ आफ्नो एजेन्डा स्पष्ट राख्न सक्ने राजनीतिज्ञ हो । वाकपटुता राम्रो छ । उहाँ राष्ट्रवादी नेता हो ।’ राणासँगको सम्बन्धबारे थापासँग पटकपटक कुराकानी गर्न खोज्दा थापा भने बोल्नै चाहेनन् । उनले आफू बैठकमा भएकाले पछि कुरा गरौँला भन्दै टारिरहे । नयाँ पत्रिका दैनिकमा राणा र थापाबीचकाे सम्बन्धबारे एक सामग्री छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्