०४ असार २०८३, बिहीबार

चीनद्वारा सगरमाथा आरोहणमा प्रतिबन्ध

चीनद्वारा सगरमाथा आरोहणमा प्रतिबन्ध

काठमाडौं– चिनियाँ सरकारले सगरमाथा आरोहणमा रोक लगाएको छ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि सगरमाथा आरोहणमा आफ्नो तर्फबाट रोक लगाएको चिनियाँ अधिकारीहरूलाई उदृृत् गर्दै बीबीसीले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले जनावरीबाट ३०० जनालाई मात्रै सगरमाथाको आरोहणको अनुमति दिने घोषणा गरेका थिए । तर, केही चिनियाँ सञ्चार माध्यमहरूले सगरमाथाको आरोहणमा पूर्णप्रतिबन्ध लगाएको बताएका थिए । सामान्य पर्यटकलाई समुन्द्र सतहबाट ५ हजार मिटर उचाइमा रहेको रोङबुकभन्दा माथि चढाइका लागि प्रतिबन्ध गरिएको चिनियाँ समाचार माध्यमहरूले जनाएका छन् ।

पर्यटक सगरमाथाको ५ हजार २०० मिटर अर्थात् आधार शिबिरसम्म भने जान पाउने चिनियाँ अधिकारहरूले बताएका छन् । पछिलो समय चिनियाँ भू–भागबाट सगरमाथा चढ्ने पर्यटकको संख्या पनि वृद्धि हुँदै गएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्