३० जेठ २०८३, शनिबार

‘तनाव र आत्महत्याको खतरा बढेपछि नशालु पदार्थ सेवन’

‘तनाव र आत्महत्याको खतरा बढेपछि नशालु पदार्थ सेवन’

काठमाडौं– बेलायतका ६० हजारभन्दा बढी किशोर–किशोरी मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको उल्लेख छ । 

अक्सफोर्ड विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ७ प्रतिशतको दरले किशोर–किशोरीहरूमा मानसिक तनाव र आत्महत्याको खतरा बढेको तथ्यांक देखाएका छन् । अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीको संख्या अमेरिकामा झण्डै ४ लाख छ भने बेलायतमा ६० हवार र क्यानडामा २५ हजार छ ।

यस अध्ययन प्रतिवेदन तयार पार्दा अनुसन्धानकर्ताहरूले झण्डै १५ वर्षदेखिका ११ वटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनको समेत विश्लेषण गरेको जनाएका छन् । उनीहरुले अध्ययनका क्रममा २३ हजार ३ सय १७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।, कारोबारमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्