
काठमाडौं– संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकमा समितिले विभिन्न पाँचवटा संवैधानिक आयोगका प्रमुखमा सिफारिस भएका व्यक्तिहरूविरुद्ध परेकाका उजुरी खोल्ने छ ।
संवैधानिक परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका प्रमुखमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको थियो ।
परिषद्ले वित्त आयोगमा बालानन्द पौडल, समावेशी आयोगमा सान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिस गरेको छ ।
परिषदले सिफारिस गरेका प्रमुखलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । बैठक समिति सचिवालय सिंहदरवारमा विहान साढे ११ बजेका लागि तय भएको छ ।