३१ जेठ २०८३, आइतबार

आगलागीबाट दुई घर जल्याे, बालकको मृत्यु

आगलागीबाट दुई घर जल्याे, बालकको मृत्यु

तेह्रथुम– तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउँसो घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । 

स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । 

आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताए । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्