०५ साउन २०८३, मंगलबार

२७ सवारी साधनको प्रदूषण फेल

फागुन ५, २०७५
२७ सवारी साधनको प्रदूषण फेल

काठमाडौँ- काठमाडौँको नागढुङ्गा नाका हुँदै भित्रिने सवारी साधनमध्ये २७ सवारी साधनको प्रदूषण फेल भएको छ । 

यातायात व्यवस्था विभाग, सडक विभाग, प्रहरी अस्पताल र ट्राफिक प्रहरीले आज दिँउसो ३ देखि ५ बजेसम्म गरेको चेकजाँचका क्रममा ५४ मध्ये २७ बस, ट्रक, माइक्रोबस र टिपरमा प्रदूषण फेल देखिएको हो । 

यस्तै सोही टोलीले ५३ जना सवारी चालकको स्वास्थ्य जाँच गर्दा पाँच चालकको आँखामा समस्या देखिनाका साथै एक चालकको उच्च रक्तचाप देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिए । 

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले एक महीनादेखि चालकको स्वास्थ्य जाँच तथा सवारी साधनको प्रदूषण जाँच गर्दै आएको छ ।

 महाशाखाले मापदण्ड विपरीत प्रदूषण फेल भएका सवारी साधनलाई रु पाँच सयदेखि एक हजार ५०० सम्म जरिवना गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्