०५ असार २०८३, शुक्रबार

मेलम्चीको काम अगाडि बढाउन दुईवटा प्रस्ताव

फागुन ६, २०७५
मेलम्चीको काम अगाडि बढाउन दुईवटा प्रस्ताव

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न विशेष परिस्थिति जनाइ छोटो वा लामो प्रक्रियामा जाने भन्ने विकल्प सहितको नयाँ कार्ययोजनाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको छ । 
मेलम्ची खानेपानी विकास समितिले तयार गरेको प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान लागेको हो । यसै साता मन्त्रिपरिषद्मा प्रस्ताव पेश हुने मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले बताए । 

निर्माण कम्पनीसँग सम्झौता रद्द गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव अगाडि ल्याइएको छ । द्रूत मार्गबाट जाने प्रस्तावअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार विशेष परिस्थितिको कारण जनाई खरिद प्रक्रिया पु¥याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने उल्लेख छ । यो विकल्पबाट जाँदा तीनदेखि चार महिनाको अवधिमा परियोजना सकिने बताइएको छ । 
अर्को प्रस्ताव नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आह्वानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । समितिले यी दुई विकल्प मन्त्रिपरिषद्मा प्रस्ताव स्वरुप पठाउन लागेको हो । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्