१३ असार २०८३, शनिबार

पानी जहाज कार्यालयले भन्यो- नियमित सञ्चालनमा छ, कार्यालयमै हेर्न आउनू

पानी जहाज कार्यालयले भन्यो- नियमित सञ्चालनमा छ, कार्यालयमै हेर्न आउनू
फाइल फोटो

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको नेपाल पानी जहाज कार्यालयले उद्घाटनको दिनबाटै कार्यालय नियमित सञ्चालनमा आइरहेको प्रस्ट पारेको छ ।

कार्यालय उद्घाटनको भोलिबाटै बन्द भएको आसयका समाचार आइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयका निमित्त रजिष्ट्रार अमृतमणि रिमालले कार्यलय नियमित सञ्चालनमा आइरहेको प्रस्ट पारेका हुन् ।

११ जना कर्मचारीले कार्यालयमै उपस्थित भएर नियमित काम गर्दै आएको उनले बताएका छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्