०५ साउन २०८३, मंगलबार

शहीद स्मारक बी डिभिजन लिग फूटबल : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फूटबल : टुसाल विजयी

काठमाडौं शहीद स्मारक बी डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरू भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ । 

टुसालको जितमा एलोन राईले गोल गरे । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । पराजीत मध्यपुरको भने छ अङ्क छ । विभिन्न १२ टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु आठ लाख प्राप्त गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्