२३ असार २०८३, मंगलबार

दुई तिहाईको सरकारले संवैधानिक सर्वोच्चता बिर्सियोः कोइराला

दुई तिहाईको सरकारले संवैधानिक सर्वोच्चता बिर्सियोः कोइराला

बनेपा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार दुई तिहाई बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको बताएका छन् । 

गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोक नायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा उहाँले शक्ति सन्तुलन प्रधानमन्त्रीको हातमा मात्रै राखेको र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई आफ्नो हातमा लिएको आरोप लगाए । उनले  नेताहरुले नेपाली जनताको परीक्षण गर्न खोजेको बताए । 

सो अवसरमा उनले पार्टीभित्र गुटउपटु भएको बताउँदै त्यसले राम्रो काम गर्न प्रेरित गर्ने बताए । 
 “कुनै पनि पार्टीमा गुट हुनु राम्रो कुरा हो, त्यसले सही खालको काम गर्न उत्प्रेरणा दिन्छ ।” उनले भने, “तर राजनीतिमा सही संस्कार र नैतिकलाई जोगाएर राख्न सक्नुपर्छ ।” 

कार्यक्रममा स्वः गिरिजाप्रसाद कोइरालाका तात्कालीन प्रेस संयोजक शीतल कोइरालाले अन्तर्राष्ट्रिय हिसाबले स्थिति खतरामा रहेको र वैचारिक दार्शनिक हिसाबले देश कमजोर भएको बताए । 
गिरिजाप्रसाद कोइराला प्रतिष्ठानका प्रदेश नं ३ का संयोजक रिता खनालले काङ्ग्रेसले संसद्मा ठूलो अपमान सहनु परेको उल्लेख गर्दै अब काङ्ग्रेसले चुनाव जित्नका लागि भर्खरै पार्टी प्रवेश गरेकाहरुलाई नभई पुराना र निष्ठावान नेता कार्यकर्तालाई टिकट दिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्