१७ असार २०८३, बुधबार

‘मेलम्चीबाटतीन निर्माण व्यवसायी भाग्नु रहस्यमय’

फागुन ७, २०७५
‘मेलम्चीबाटतीन निर्माण व्यवसायी भाग्नु रहस्यमय’

काठमाडौँ–मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ । 

सञ्चार केन्द्र नेपालले आजआयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताइन् । 

समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उनले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराइन् । 
आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीले रु ३६ करोड माग्ने प्रक्रिया नै पूरा नगरी पैसा नदिएको भनी प्रचार गरिएकोप्रति आपत्ति जनाए । 

खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले पुरानै निर्माण व्यवसायीलाई आवश्यक बजेटको व्यवस्था गरेर आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताए । 
 आयोजनाको शुरुआती अवस्थामा काम गरेका इञ्जिनीयर श्रीराम न्यौपानेले रु ४० करोडका उपकरण भाडामा लिएर काम गरेका नेपाली निर्माण व्यवसायी मारमा परेको बताए । 
 सिन्धुपाल्चोकस्थित आयोजनास्थलका स्थानीयवासी पासाङतेम्बा शेर्पाले मुहानस्थलमा काममा अवरोध नगरिएको प्रस्ट पारे । 
 

salt training

कमेन्ट गर्नुहोस्