१२ असार २०८३, शुक्रबार

सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त

फागुन ७, २०७५
सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिनुभएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ । 
नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिनुभएको हो । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले अदालतमा काम गरिरहनुभएको थियो । प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो । 

salt training

कमेन्ट गर्नुहोस्