
काठमाडौं– भातृ संगठन नेविसंघ विघटन तथा नयाँ विधानमा सहमति जुट्न नसक्दा कांग्रेस अन्योलमा छ । शीर्ष नेताबीचको टकरावका कारण महासमितिले पारित गरेको विधानलाई कांग्रेसले अन्तिम रुप दिन सकेको छैन ।
महासमिति सकिएको एक महिनापछि पटकपटक केन्द्रीय समिति बैठक बसे पनि विधान टुंग्याउन सकेको छैन । कांग्रेस बैठक बिहीबार बस्दैछ । महासमिति बैठकले पार्टी विधान केन्द्रीय समितिबाट पारित गर्न निर्देशन दिएको थियो । केन्द्रीय समिति महाधिवेशन प्रतिनिधि तल्लो तहबाट चुनिने कि सिधैं बन्न पाउने भन्नेमा विभाजित छ।, अन्नपूर्ण पोस्टमा खबर छ ।