१८ असार २०८३, बिहीबार

सम्पत्ति छानबिन गर्न राप्रपाको माग

सम्पत्ति छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले ०४६ सालको राजनीतिक परिर्वतनपछि राज्यको उच्च पदमा पुगेका सबै नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार २२ बुँदे मागपत्र बुझाउँदै उच्च पदमा पुगेर अकुत सम्पत्ति जोड्ने सबैमाथि छानबिन हुनुपर्ने माग गरेको हो । 


‘विदेशमा लुकाएर राखिएका कालोधन देशमा ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारबाही तदारुकताका साथ गरियोस्’ राप्रपाको मागपत्रमा भनिएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्