२५ असार २०८३, बिहीबार

राजस्थान सरकारले अस्पतालमा अब ज्योतिषी भर्ती गर्ने

फागुन ८, २०७५
राजस्थान सरकारले अस्पतालमा अब ज्योतिषी भर्ती गर्ने

एजेन्सी- भारतको राजस्थान सरकारले एक अचम्मको निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार राजस्थानको अस्तालहरूमा डाक्टरसँगै ज्योतिषी पनि भर्ती गर्न लागेको हो ।

कुण्डली बनाउनका लागि सरकारले अस्पतालमा ज्योतिषी भर्ना गर्न लागेको बताइएको छ । यस योजनामा सरकारले केही संख्यामा ज्योतिषीहरूलाई भर्ना गर्नेछ । जो सरकारद्वारा प्रमाणित हुन्छ ।

यस कदम राज्यमा वैदिक अनुष्ठान र शिक्षा बोर्ड स्थापना गर्न चालिएको कांग्रेसले बताएको छ । यसलाई चुनावपछि विस्तार गरिने बताइएको छ ।

योजनाको पहिलो चरणमा राजीव गान्धी जनमापत्री योजनालाई आधिकारिक शीर्षकको रुपमा जयपुरबाट शुरू गरिनेछ । जहाँ कुण्डलीका लागि अनुदान दिइनेछ ।

दोस्रो चरणमा सरकारी अस्पतालहरूमा कुण्डलीका लागि ५१ भारु लाग्नेछ । त्यस्तै निजी अस्पतालमा अनिवार्य सेवाका लागि १०१ भारु लाग्नेछ ।

यस योजनाबाट करीब ३ हजार सरकारी प्रमाणित ज्योतिषीले रोजगारी पाउने राज्य सरकारले बताएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्