२३ असार २०८३, मंगलबार

वाल्मार्टमा तलब : कामदारले एक वर्षमा कमाउने पैसा मालिकले कमाउँछन् एक मिनेटमै

वाल्मार्टमा तलब : कामदारले एक वर्षमा कमाउने पैसा मालिकले कमाउँछन् एक मिनेटमै

काठमाडौं — विशाल रिटेल चेन वाल्मार्टको स्वामित्व रहेको वाल्टन परिवारले एक मिनेटमा कमाउने रकम त्यहाँका कामदारहरूले एक वर्षमा मात्र कमाउन सक्छन् । 

सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका बर्नी स्यान्डर्सले मालिक र कर्मचारीबीचको आम्दानीमा रहेको अन्तरका बारेमा ट्वीट गरे । त्यसपछि द वाशिङटन पोस्टले यसको तथ्यात्मक विश्लेषण गर्नका लागि आँकडा जुटायो । 

पाँच दिनसम्म काम अनि दुई दिन छुट्टीका साथ प्रतिदिन आठ घन्टाको हिसाबले हप्तामा कुल ४० घन्टा काम गर्छन् कामदारले । यसरी हेर्दा वाल्टन परिवारले प्रतिघन्टा १५.१० लाख डलर अर्थात् प्रति मिनेट २५ हजार १४९ डलर कमाइ गर्छन् । 

रमाइलो कुरा के भने वाल्मार्टको एक हप्तामा ४० घन्टाको कार्यालय समय नभएर ३४ घन्टा मात्र छ । वाल्मार्ट युनियनको वेबसाइटमा बताइएअनुसार, कम्पनीले कर्मचारीहरूलाई प्रतिघन्टा नौ डलर दिने गरेको छ । 

यसको अर्थ हुन्छ, वाल्मार्टको कर्मचारीले ३४ घन्टा प्रति हप्ताको हिसाबले वर्षमा १६ हजार डलर कमाउँछ । 

अमेरिकामा डिभिडेन्डबाट हुने कमाइमा तलब वा ज्यालाको तुलनामा एकदमै कम कर असुलिन्छ । अमेरिकामा ६ लाख १२ हजार डलरभन्दा बढीको वार्षिक आमदानीमा ३७ प्रतिशत अनि डिभिडेन्ड इन्कममा मात्र २० प्रतिशत कर लागू हुन्छ । धेरैजसो जागिरेको तलब करको दायरामै नआउने कुरा फरक हो । 

तर वाल्मार्टका कर्मचारीले ६.२ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नुपर्छ भने वाल्टन परिवारले यो कर तिर्नुपर्दैन । 

यसले गर्दा वाल्टन परिवारको आम्दानी १ लाख ३२ हजार डलरभन्दा बढी छ र यो सामाजिक सुरक्षा कर तिर्नु नपर्ने मापदण्ड हो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्