१२ असार २०८३, शुक्रबार

‘कांग्रेसले ३० हजार कार्यकर्तालाई मुद्दा लगाएको थियो, सीमा नाघ्दा समेत एउटै मुद्दा लगाएनौं’

‘कांग्रेसले ३० हजार कार्यकर्तालाई मुद्दा लगाएको थियो, सीमा नाघ्दा समेत एउटै मुद्दा लगाएनौं’

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनका नाममा विपक्षी दलका कार्यकर्ताले सीमा नाघ्दा पनि सरकारले दमन नगरेको बताएका छन् । 

‘२०४८ देखि ०५१ सालको बीचमा तत्कालीन एमालेका ३० हजार कार्यकर्तामाथि मुद्दा लगाएको थियो, २०५२ सालमा म गृहमन्त्री बनेपछि विपक्षी दलका १ जनालाई पनि मुद्दा चलाइनँ,’ सुदूरपश्चिम प्रदेश सभालाई बुधवार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज पनि म भन्छु, एउटा मुद्दा लगाइएको छैन, गिरफ्तार गरिएको छैन । हिजो शान्तिपूर्ण जुलुसमा केही कमजोरी भएका थिए होला अहिले सीमा नाघ्दा पनि दमन भएको छैन । दमनको त प्रश्नै उठ्दैन ।’

कांग्रेसका कार्यकर्ताले केही दिन पहिले पोखरामा सरकारी गाडी जलाएको घटनालाई ओलीले सीमा नाघेको टिप्पणी गरे । 

'अर्को पटक आउँदा हिसाबकिताब गरौंला'

सवा घण्टा लामो सम्बोधनका क्रममा ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने बताए । उनले उत्तर–दक्षिण जोड्ने राजमार्ग, पश्चिम सेती जलविद्युत् आयोजना र सिँचाइ आयोजनालाई महत्त्वका साथ अगाडि बढाइने बताए ।

‘अर्को समयमा भेट्दासम्म आज बोलेका कुराको रेकर्ड अध्ययन गरेर बोल्नेछु । दुवैको हिसाबकिताब लिएर छलफल गरौंला । प्रदेश अगाडि बढ्यो कि बढेन, हिसाबकिताब सोध्नुहोला,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्