काठमाडौं – कमिसनको खेलका कारण खानेपानी मन्त्रालयमा सचिव सरुवा भएको भन्दै एक सांसदले संसद्मा आवाज उठाएका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा राजपाका वृषेशचन्द्र लालले सरकारले भ्रष्टाचार अन्त्यको कुरा गरेपनि कमिसनको चक्करमा सचिवको सरुवा गरिएको भन्ने गुनासो सम्बन्धमा सरकारको जवाफ मागेका हुन् ।
‘मेलाम्चीको पानी आउला र प्यास मेटाउँला भनेर सोच्नेको दिमागमा ठेला पर्न लाग्यो । खानेपानी मन्त्रालयका सचिवको सरुवा भएको छ । सरुवा भएर जाने सचिव भन्छन्, अनियमितता गर्न दबाब दिए । भ्रष्टाचार विरुद्धको कुरा गर्ने सरकारलाई प्रश्न छ ।’