काठमाडौं -प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै संसद्मा आवाज उठेको छ ।
प्रतिपक्षी दल कांग्रेसकी सांसद लक्ष्मी परियारले समानुपातिक सांसद भएकै कारण आफूहरूलाई विभेद गरिएको बताइन् ।
'स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको निर्देशिकामा दुई तहका सांसद भनेर छुट्याइएको छ,' उनले भनिन्, 'दुई तहका सांसद् हौं भनेदेखि दुई ठाउँमा बस्ने व्यवस्था गरियोस्, प्रत्यक्ष एकपट्टि समानुपातिक एकपट्टि, होइन भने हामीलाईं अंगीकृत र प्रत्यक्षलाई वंशजको अधिकार किन ?'
आफूहरूलाई अंगीकृत नागरिकजस्तो व्यवहार गरिएको भन्दै उनले अंगीकृत सांसदको तर्फबाट भन्दै बोल्न शुरू गरेकी थिइन् ।