२५ जेठ २०८३, सोमबार

फोनको रेडियसले स्वास्थ्यमा प्रतिकूल प्रभाव, यी हुन् रेडियस बढी हुने र कम हुने फोनसेट

फोनको रेडियसले स्वास्थ्यमा प्रतिकूल प्रभाव, यी हुन् रेडियस बढी हुने र कम हुने फोनसेट

काठमाडौं – हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ ? के मोबाइल फोनको रेडियसनले ट्युमर हुने खतरा हुन्छ ? यसबाट कसरी बच्ने ? आदि विषयमा धेरै वैज्ञानिक लामो समयदेखि अनुसन्धानमा छन् ।

तर हालसम्म यस अनुसन्धानको तथ्यपरक निर्क्योल भने निस्किन सकेको छैन । तर रेडियो फ्रिक्वेन्सी वेभ ‘नन आओेनाइजेसन’ रेडिएसन हो, जो एक्सरे र ‘अल्ट्रावायरल’ रेडियसनको तुलनामा कम तेजिलो हुने गर्छ । एक्सरे र अल्ट्रावायरल रेडियससनले हाम्रो डीएनएमा भएको केमिकल ब्रान्डलाई टुक्र्याउने क्षमता राख्छ ।

अमेरिकन क्यान्सर सोसाइटीले यसखाले रेडियसनले दिमाग, टाउको र घाँटीको ट्युमर हुन्छ कि हुँदैन भन्ने अनुसन्धान जारी राखेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निक्लिने रेडियसनमा यतिधेरै क्षमता हुँदैन कि जसले हाम्रो डीएनएमा परिवर्तन ल्याउन सकोस् । त्यसैले अहिलेसम्म मोबाइलको रेडियसनले कसरी क्यान्सरजस्ता बिरामी जन्माउन सक्छ भन्ने स्पष्ट छैन ।

कुन फोनमा बढी रेडियसन ?

कुन फोनले कति रेडियसन निकाल्छ भन्ने पत्ता लगाउन स्पेस्फिक एसएआर प्रविधि बनाइएको छ । यसबाट कुनखाले रेडियसनको असर मानव शरीरमा हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ । एसएआर त्यो लेभल हो, जुन हाम्रो मोबाइल सबैभन्दा बढी पावरमा प्रयोग भइरहेको हुन्छ ।

मोबाइल बनाउने कम्पनीले पनि यसबारे आफ्नो देशको नियामक निकायलाई जानकारी दिनुपर्ने हुन्छ । तर मोबाइल प्रयोगकर्ताले मोबाइल किन्ने समयमा यी सबै विषयमा ध्यान दिएका हुँदैनन् । 

जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले एउटा सूची तयार गरेको छ, जसले कतिपय नयाँ र पुराना स्मार्ट फोनबाट निस्किने रेडियसनको जानकारी त्यसमा दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्