२३ जेठ २०८३, शनिबार

एकताप्रक्रिया छिट्टै टुंगोमा पुग्छ - प्रचण्ड

एकताप्रक्रिया छिट्टै टुंगोमा पुग्छ - प्रचण्ड

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता छिट्टै टुंगिने बताएका छन् ।

धनगढीमा आयोजित प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकताको यो अवस्थामा आउनका लागि धेरै उतार चढावको संघर्ष गर्नुपरेकाले केही समय लागेको तर अब छिट्टै एकतालाई निष्कर्षमा पुग्ने बताएका हुन् ।

प्रदेशस्तरीय विशेष भेलामा नेकपाका अन्य शीर्ष नेताहरू पनि उपस्थित थिए । प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाषणका क्रममा नेकपा फुट्ने हल्ला हल्लामा मात्र सिमित रहेको बताए ।

'नेकपा पार्टी फुट्ने भन्ने हल्ला प्रतिक्रियावादीहरूले चलाएको हल्ला हो, अब कम्युनिस्ट आन्दोलन कसैले हल्ला चलाएर फुट्दैन,' प्रधानमन्त्री ओलीले भने, 'पार्टी एकताबद्ध छ र रहनेछ ।'

उक्त भेलामा बरिष्ठ नेता माधवकुमार नेपाल, नेता भीम रावल लगायत अन्य शीर्षस्थ नेताहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्