२४ जेठ २०८३, आइतबार

बालिका हत्यामा संलग्नलाई कारबाहीको माग, आधा जलाइएको अवस्थामा फेला गरेको थियो बालिकाको

बालिका हत्यामा संलग्नलाई कारबाहीको माग, आधा जलाइएको अवस्थामा फेला गरेको थियो बालिकाको

काठमाडौँ– दलित नागरिक समाजले धनुषाकी ११ वर्षीया दलित बालिका रेश्मा रसाइलीको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको छ । 

दलित नागरिक समाजका तर्फबाट दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ)का महासचिव जेवी विश्वकर्माले आज विज्ञप्ति जारी गरी पीडित परिवारलाई क्षतिपूर्तिसहित दोषीमाथि कडाभन्दा कडा कारवाही गर्नका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरे । 

धनुषा जिल्ला मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ११ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी उखुबारीमा आधा जलाइएको अवस्थामा फागुन २ गते बिहान शव फेला परेको थियो । अघिल्लो दिन छिमेकीको बिहेमा गएकी रसाइली बिहान बीभत्स रुपमा मृत फेला परेकी हुन् । रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काकाको घरमा बस्ने २२ वर्षीया ‘हाम्ली डन’ भनिने निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्