०१ असार २०८३, सोमबार

पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

फागुन ८, २०७५
पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

हुम्ला- हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा आजदेखि सञ्चालनमा आएको छ । 

गत शनिबार बिहान ८ बजेदेखि बन्द भएको इन्टरनेट, एडिएसएल सेवा आज नेपागञ्जमा रहेको क्षेत्रीय निर्देशनालयबाट इञ्जिनीयर आएपछि इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकम शाखा कार्यालय सिमीकोटमा रेडियो लिङ्कमा मेसिन सर्ट हुँदा सबै सेवा बन्द हुन पुगेको शाखा प्रमुख शिवप्रसाद भट्टराईले बताउनुभयो । 

पाँच दिनसम्म इन्टरनेट बन्द हँुदा बैंकलगायत अन्य कार्यालयका कामकाज प्रभावित भएका थिए । सिमीकोट शाखामा रहेको रेडियो लिङ्क सर्ट हँुदा नयाँ मेशिन रेडियो लिङ्क हुम्ला पुगेपछि इन्टरनेट सेवा सञ्चालनमा आएको शाखा प्रमुख भट्टराईले बताउनुभयो । इन्टरनेट बन्द हँुदा इमेल र फ्याक्स गर्न समस्या भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्