
काठमाडौं । शिक्षा ऐन लागू भएको ४७ वर्षपछि सो ऐन खारेज हुने भएको छ । शिक्षा ऐनसँगै ५४ वर्ष अघि बनेको छात्रवृत्ति, ३० वर्ष अघि बनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) र २५ वर्ष अघि बनेको विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० खारेज हुने तय भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ती ऐन खारेज हुने उल्लेख गरेको छ । चार ऐन संगै विभिन्न विश्वविद्यालयका समेत गरी १३ ऐनका विभिन्न दफा खारेज हुने भएका छन् ।