
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ मा ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
साउने-गाईघाट सडक खण्डमा बुधवार दिउँसो तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरका चालक त्रियुगा नगरपालिका-१५ खाँबु बस्ने बर्ष २७ को दुर्गा बहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका-५ आँपटार बस्ने बर्ष ४३ को दिल बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी ट्याक्टरमा सवार रहेका अन्य ६ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।