२२ जेठ २०८३, शुक्रबार

उपभोक्तासँग चन्दा उठाएर ढकालखोला करिडोर निर्माण शुरु

उपभोक्तासँग चन्दा उठाएर ढकालखोला करिडोर निर्माण शुरु

बनेपा- बनेपा नगरपालिका–५ स्थित ढकालखोला करिडोरको निर्माण शुरु भएको छ । वडाकार्यालयको रु १० लाख र स्थानीय उपभोक्ताको १५ प्रतिशत श्रमदानको रु दुई लाख गरी रु १२ लाखमा सो निर्माणकार्य शुरु भएको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताउनुभयो । अपुग रकमसमेत स्थानीय उपभोक्ताले चन्दा उठाएर सो कार्य अगाडि बढिरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । 

“खोला मिचेर साँघुरो भएका कारण त्यसले वरिपरिको जग्गामा क्षति पुगेको र खोलालाई सफा राख्न यो कार्य अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “यसले साँध सिमाना प्रष्ट पार्नुका साथै खोला सफा राख्न मद्दत गर्नेछ ।” करिडोर निर्माणका लागि रेवतीप्रसाद दाहालको नेतृत्वमा उपभोक्ता समिति गठन गरेर काम अगाडि बढिरहेको छ । 

करिडोर निर्माण भएपछि बर्खामा आउने बाढीका कारण सधैँजसो वरिपरिको जग्गा डुबानमा परी क्षति हुने अवस्थाबाट छुटकारा हुनुका साथै दायाँबायाँका सडकले पनि खोलालाई सुरक्षित बनाउने समितिले जनाएको छ । अहिले चण्डेश्वरी मार्गदेखि ढकाल गणेश मन्दिरसम्म खोला दायाँबायाँ सात÷सात मिटरको फराकिलो बाटोसहितको करिडोर निर्माणकार्य भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्