२२ जेठ २०८३, शुक्रबार

बाबुरामले कर्णाली पुगेर पहिलो पटक लगाए दौरासुरूवाल

बाबुरामले कर्णाली पुगेर पहिलो पटक लगाए दौरासुरूवाल

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोज एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो पटक दौरासुरूवाल लगाएका छन् । यसअघि प्रधानमन्त्री हुँदासमेत दौरासुरूवाल नलगाएका उनले कर्णाली पुगेर दौरासुरूवाल लगाएका हुन् । 

सधै कालो टोपी, कोट, पाइन्टमा देखिने डा. भट्टराई बिहीबार दौरासुरूवालसँगै नेपाली टोपीमा देखिए । उनले बिहीबार बिहान आफूले लगाएको पोशाकसहिता फोटा ट्वीट गरेका थिए । 

विभिन्न मेला पर्वअनुसार जाति विशेषका पोशाक लगाउने गरे पनि हालसम्म उनले दौरासुरुवाल भने नलगाएको बताएका थिए । भट्टराईले ‘देश अनुसारको भेष’ भन्दै दौरासुरुवाल र ढाका टोपीमा सजिएको फोटो ट्विट गरेका हेन् । उनले भनेका छन्– ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियाे !’

नयाँ शक्तिका संयोजक भट्टराईले यसअघि दौरासुरुवाल कुनै जातविशेषको पोशाक भएको भन्दै राष्ट्रिय पोशाक बनाउन नहुने बताउँदै आएका थिए । भट्टराई प्रधानमन्त्री हुँदा नै दौरासुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाइएको थियो ।  

त्यसअघि प्रधानमन्त्री तथा मन्त्रीहरूले दौरासुरुवाल लगाउने प्रचलन थियो । तत्कालीन माओवादीका नेतारुले पनि दौरासुरुवाल लगाउने गरेका छैनन् । अहिले पार्टी प्रशिक्षणका क्रममा भट्टराई कर्णाली प्रदेशमा पुगेका हुन् । 
भट्टराई, प्रचण्डलगायतका नेताहरूले युद्धका क्रममा दशैँ र तिहारको टिका पनि बहिस्कार गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्