३० जेठ २०८३, शनिबार

बांग्लादेशमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुग्यो, आगो नियन्त्रणमा

बांग्लादेशमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुग्यो, आगो नियन्त्रणमा

काठमाडौं– बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या  ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन् । र घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन् ।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजेपछि आगो लागेको हो । रासायनिक पदार्थको गोदाम रहेको भवनामा आगो लागेको हो । राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो । 

आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो बिहान मात्र नियन्त्रणमा लिन सकिएको अधिकारीहरूले बताएका छन् । महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा भएको छैन । खानले भने, ‘केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन् । तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्