०९ असार २०८३, मंगलबार

आधुनिक प्रेम कथामा ‘जानी नजानी’ निर्माण, यस्तो छ फिल्मका मुख्य पात्रको क्यारेक्टर

आधुनिक प्रेम कथामा ‘जानी नजानी’ निर्माण, यस्तो छ फिल्मका मुख्य पात्रको क्यारेक्टर

काठमाडौं। चैत १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जानी नजानी’को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् ।

लभ स्टोरी चलचित्र यी चार कलाकारकै वरपर घुमेको छ । मुख्य कलाकारलाई केन्द्रित गर्दै निर्माण टिमले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतिक मानिने ढाका र चलचित्रको क्यारेक्टर एकआपसमा जोडिएकोले नै यसरी पोस्टर तयार पारिएको डेब्यू निर्देशक बसन्त अधिकारी बताउँछन् । धेरै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्दैछन् । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।

‘मेरो टाइम र टिम सहि पर्यो त्यसैले गर्दा निर्देशनमा डेब्यू गरे’ निर्देशक अधिकारी भन्छन् –‘चलचित्रले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छन् ।’ लेखन सामिप्य पनि चलचित्रलाई लिएर आशावादी छन् । ‘चलचित्रमा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन –‘चलचित्रले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोँचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’ चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘चलचित्रले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ उनि भन्छिन –‘चलचित्र मेकिङमा कुनै सम्झौता गरेका छैनौ ।’ 

चलचित्र छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । चलचित्रमा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । चलचित्रमा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्