०१ असार २०८३, सोमबार

सरकारी विद्यालयमा अंग्रेजी भाषाको प्रयोग बढ्नु दु:खद् : उपराष्ट्रपति पुन

सरकारी विद्यालयमा अंग्रेजी भाषाको प्रयोग बढ्नु दु:खद् : उपराष्ट्रपति पुन

काठमाडौं-  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरू भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा बिहीवार प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरूलाई बुझाउन प्रविधिको विकास भएकाले अरूको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले बताए । संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको उनले उल्लेख गरे । अल्पसङ्ख्यक वा बहुसङ्ख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै हुने उनले औँल्याए ।

'भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन,' उनले भने, 'भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्काे पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।' प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको बताए । उनका अनुसार भाषाको अवस्थाका बारेमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्