३१ जेठ २०८३, आइतबार

मैत्रीनगरमा महिला मृत फेला

मैत्रीनगरमा महिला मृत फेला
प्रतिकात्मक तस्वीर

काठमाडौं- राजधानीको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एक महिला मृत फेला परेकी छन् । 

मैत्रीनगरमा टहरामा बस्दै आएकी सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ घर भएकी ३२ वर्षीया समिता बस्नेत सोही ठाउँमा बिहीवार दिउँसो मृत फेला परेकी प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरी छथर गाउँपालिका-२ घर भई धरान उपमहानगरपालिका-२ स्थित गोदाममा काम गरी बस्दै आएका ६५ वर्षीय वीरबहादुर भुजेल सुतिरहेकै स्थानमा बुधवार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्