३० जेठ २०८३, शनिबार

इन्जिनियरिङका ४० मध्ये ३८ विद्यार्थी फेल भएपछि पोखरा विश्वविद्यालयमा तोडफोड

फागुन १०, २०७५
इन्जिनियरिङका ४० मध्ये ३८ विद्यार्थी फेल भएपछि पोखरा विश्वविद्यालयमा तोडफोड

पोखरा – कलेजमै अध्ययनरत विद्यार्थीले पोखरा विश्वविद्यालयमा तोडफोड गरेका छन् ।

विश्वविद्यालयमा इन्जिनियरिङ पढ्ने विद्यार्थीले इन्जिनियरिङको नजिता सन्तोषजनक नआएको भन्दै तोडफोड गरेका हुन् ।

बुधवार प्रकाशित सिभिल इन्जिनियरिङको नजिता अप्रत्याशित भएको भन्दै उत्तेजित विद्यार्थीले विश्वविद्यालय तोडफोड गरेका छन् । विश्वविद्यालयले प्रकाशन गरेको नजितामा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

४० विद्यार्थीमध्ये ३८ जना फेल भएको नजिता प्रकाशित भएपछि विद्यार्थी त्यसबारे जानकारी लिन विश्वविद्यालय पुगेका थिए । विद्यार्थी विश्वविद्यालय पुग्दा विश्वविद्यालयका रजिस्टार, परीक्षा नियन्त्रक लगायतका पदाधिकारी नभेटिएपछि उत्तेजित हुँदै तोडफोडमा उत्रिएको विद्यार्थी नेताले सुनिल तिमिल्सिनाले बताए ।

विद्यार्थी तोडफोडमा उत्रिएपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो । प्रशासनले प्रहरीलाई खबर गरेपछि उत्तेजित विद्यार्थीले उपकूलपतिको कुर्सी, रजिस्टार र परीक्षा नियन्त्रकको कुर्सी आगजनी समेत गरेका छन् । प्रहरीले ५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल तिमिल्सिनाले विश्वविद्यालय प्रशासनले आक्रोशित विद्यार्थीको गुनासोप्रति गाम्भीर्यता नदेखाउँदा विद्यार्थी तोडफोडमा उत्रिएको बताए । ‘इन्जिनियरिङ टपर विद्यार्थीको रिजल्ट फेल भएर आएको छ । अधिकांश विद्यार्थी फेल भएका छन्,’ उनले भने, ‘अप्रत्याशित नजिताप्रति असन्तुष्टि देखिएको विद्यार्थीको जिज्ञासा मेटाउनेतर्फ विश्वविद्यालय प्रशासन गैरजिम्मेवारी देखियो ।’

विद्यार्थी विश्वविद्यालय परिसरमा गएपछि प्रशासनका कर्मचारी गायव भएपछि विद्यार्थी आक्रोशित हुन पुगेका नेता तिमिल्सिनाले बताए । ‘विद्यार्थीको गुनासोमा विश्वविद्यालय प्रशासनले गम्भीरता नदेखाएपछि तनावको अवस्था सिर्जना हुन पुग्यो,’ उनले भने, ‘प्रहरीले हस्तक्षेपकारी भूमिका खेल्यो । त्यसको प्रतिफल स्वरुप विद्यार्थी अझै उग्र बने ।’ 

विश्वविद्यालयको झ्यालका सिसा तोडफोड र आगजनीको घटनाले अन्य संकायको समेत पठनपाठनमा ठप्प भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्