३१ जेठ २०८३, आइतबार

बिरालोले पायो दिवंगत मालिकको करोडौं रुपैयाँको सम्पत्ति

फागुन १०, २०७५
बिरालोले पायो दिवंगत मालिकको करोडौं रुपैयाँको सम्पत्ति

काठमाडौं — प्रसिद्ध फेशन डिजाइनर कार्ल लेगरफेल्डको निधनपछि अब उनको बिराली चोपेले १९.५ करोड अर्ब अर्थात् लगभग सबा एक खर्ब रुपैयाँ पाउने भएकी छ । 

फ्रान्सको मिडिया रिपोर्टअनुसार, लेगरफेल्डले बिरालोलाई आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए । त्यसैले उनको सम्पत्ति चोपेले पाउने भएकी हो ।

यो सम्पत्ति पाएपछि चोपे संसारकी सबभन्दा धनी पोथी बिरालो हुने भएकी छ । अहिले बेलायतको ब्ल्याकी संसारको सबभन्दा धनी बिरालो हो । उसले सन् १९८८ मा आफ्नो मालिकको एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति उत्तराधिकारमा पाएको थियो । 

चोपे आफ्नो विलासी जीवनशैलीका लागि सुपरिचित छे । लेगरफेल्डले उसको स्याहार गर्नका लागि मेड राखेका थिए । 

चोपे सामाजिक सञ्जालमा पनि प्रसिद्ध छे । इन्स्टाग्राममा उसका २ लाख ५४ हजार फलोअर छन् भने ट्विटरमा ५० हजारभन्दा बढी फलोअर छन् । 

त्यसो त चोपेसँग लगभग ३४ करोड रुपैयाँ बराबरको आफ्नै सम्पत्ति छ । उसले आफ्नो मालिकसँग मोडलिङ गरेर यो रकम कमाएकी हो । लेगरफेल्ड आफैंले यसको जानकारी दिएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्