२२ जेठ २०८३, शुक्रबार

उत्तर कोरियाले खाद्य संकट हटाउन माग्यो संयुक्त राष्ट्रसंघसँग सहायता

फागुन १०, २०७५
उत्तर कोरियाले खाद्य संकट हटाउन माग्यो संयुक्त राष्ट्रसंघसँग सहायता

काठमाडौं — उत्तर कोरियाले यो वर्ष अन्न उत्पादनमा भारी गिरावटको अनुमानपछि भोजनको कमी संकट हटाउनका लागि संयुक्त राष्ट्र सहायता एजेन्सीको सहायता मागेका छन् । राष्ट्रसंघका एक प्रवक्ताले यो जानकारी दिएका हुन् । 

प्योङयाङले राष्ट्रसंघलाई चामल, गहुँ, आलु र सोयाबीनको फसल सहित यो वर्ष खाद्यान्न उत्पादनमा १४ करोड टन अनाजको कमी सामना गरिरहेको बताएको छ । 

राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले उत्तरको सरकारले देशमा रहेका अन्तर्राष्ट्रिय मानवीय संगठनहरूसँग खाद्य सुरक्षा संकट हटाउनका लागि अनुरोध गरेको बताए । 

उनका अनुसार, राष्ट्रसंघीय निकायहरू मानवीय आवश्यकता पूरा गर्नका लागि प्रारम्भिक कारवाहीका लागि प्योङयाङसँग कुराकानी भइरहेको छ । राष्ट्रसंघको आँकडाअनुसार, लगभग १ करोड ५० लाख उत्तर कोरियाली वा ४१ प्रतिशत जनसंख्यालाई खाद्य सुरक्षा आवश्यक छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्