२५ जेठ २०८३, सोमबार

चिकित्सा शिक्षा र कर्मचारी समायोजन विधेयक प्रमाणीकरण

फागुन १०, २०७५
चिकित्सा शिक्षा र कर्मचारी समायोजन विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । 

राष्ट्रपतिबाट शुक्रवार राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्