
काठमाडौँ -मकवानपुरमा कारागारका अधिकृतले आफ्नै चौकीदारसँग घूस लिएपछि अख्तियारको फन्दामा परेका छन् । भीमफेदी गाँउपालिका वडा नं.-६ स्थित कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीले आफ्नै कार्यालयका चौकीदारसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरूवा गरिदिने धम्की दिएका थिए ।
चौकीदारले उजुरी गरेपछि अख्तियारको टोलीले अधिकारीलाई रंगेहात पक्राउ गर्यो । घूस रकम ७५ हजार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।
घूसबापतको रकम लिइसकेको अवस्थामा जेलर अधिकारीलाई उनकै निवासबाट अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।