०४ असार २०८३, बिहीबार

पत्नीको हत्या गरेपछि टाउको लिएर थाना पुगे यी व्यक्ति

फागुन १०, २०७५
पत्नीको हत्या गरेपछि टाउको लिएर थाना पुगे यी व्यक्ति

काठमाडौं — भारतको मध्य प्रदेशस्थित मुरैना जिल्लामा एक व्यक्ति पत्नीको हत्या गरेपछि काटिएको टाउको बोकेर प्रहरी चौकी पुगेका छन् । 

चम्बलमा पर्ने मुरैना राजधानी भोपालभन्दा ४५० किलोमिटर पर छ । 

मुरैनाका प्रहरी अधीक्षक रियाज इकबालले भने, ‘यो घटना बुधवार भएको हो । कल्याण शाक्यवर नामक व्यक्ति आफ्नी पत्नीको काटिएको टाउको लिएर थाना पुगे । आफूले पत्नीको हत्या गरेको उनले बताए । उनलाई तत्कालै पक्राउ गरियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’ 

पतिले पत्नीको सम्बन्ध अन्य व्यक्तिसँग रहेको शंकामा हत्या गरेको बताए । 

केदारपुरा गाउँमा कल्याण आफ्नी पत्नी पंकजसँग बस्थे । दुईजनाबीच दिनदिनै लडाईं हुन्थ्यो । बुधवार पनि झगडा भयो । विवाद निकै चर्केपछि कल्याणले पंकजलाई बञ्चरोले गिँडे । 

उनीहरूको बिहे लगभग १० वर्षअघि भएको थियो । उनीहरूका तीन बच्चा छन् । 

पंकजको हत्यापछि कल्याण टाउको लिएर महुआ थाना पुगे । हातमा महिलाको शिर देखेर सबैजना डराए । अनि उनलाई पक्राउ गरियो । 

यो घटना हुँदा घरमा जेठा छोरा अमन थिए । उनको उमेर सात वर्ष बताइएको छ । 

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको थियो । हत्या गर्नका लागि प्रयोग गरिएको बञ्चरो पनि बरामद भएको छ ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्