खोटाङ- बाँदरले हैरान पारेपछि खोटाङमा भारतबाट पेशेबर 'मंकी क्याचर' ल्याएर बाँदर समाउन थालिएको छ ।
रूपाकोट मझुवागढी नगरपालिकामा नगरस्तरीय बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै गठन गरेर बाँदर व्यवस्थापनको काम शुरू भएको हो ।
रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लुच्छिममा भारतबाट झिकाइएका व्यक्तिहरूले बाँदरलाई नियन्त्रणमा लिएर बाँसको खोरमा राखेका छन् ।
बाँदरले हैरान बनाएपछि समिति नै बनाएर नियन्त्रणको प्रयास शुरू भएको हो ।
तस्वीर : केदार मगर / रासस