२३ जेठ २०८३, शनिबार

साक्षीको नाममा मोरङमा ५१२ जनाले रकम बुझे, विवरण दिन प्रहरीले मानेन

फागुन १०, २०७५
साक्षीको नाममा मोरङमा ५१२ जनाले रकम बुझे, विवरण दिन प्रहरीले मानेन

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङले आर्थिक बर्ष २०७४/७५मा ५ सय १२ जनाले सरकारवादी मुद्दाका साक्षीलाई रकम बुझाएको जनाएको छ । सूचनाको अधिकार प्रयोग गरी माग गरिएको सुचनामा प्रहरीले ५ सय १२ जनालाई ७ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ साक्षीको नाममा भुक्तानी गरेको लिखित जानकारी दिएको छ ।

तर कसले कुन प्रक्रिया अन्तरगत कसरी रकम पाए भन्नेमा प्रहरीले उल्लेख गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले हस्ताक्षर गरेर उपलब्ध गराएको सुचनामा साक्षीको नाम, थर, ठेगाना उपलब्ध गराउँदा मुलुकी फौज्दारी कार्यविधी संहिता ऐन २०७४ को दफा ११३ उपदफा ३ बमोजिम गम्भीर असर पर्न सक्ने हुँदा विवरण उपलब्ध गराउन नसकिने जनाईएको छ ।

उल्लेख गरिएको मुलुकी फैज्दारी कार्यविधी संहिता ऐन २०७४ को दफा ११३ उपदफा ३ मा साक्षीको आवश्यक सुरक्षा नेपाल सरकारले गर्नुपर्ने भनी लेखिएको छ । सूचना दिएको विषयमा कुनैपनि साक्षीको सुरक्षामा अप्ठेरो पर्ने आधार नभएको सूचना अभियन्ता राजु श्रेष्ठले बताए ।

राज्यले दिएको रकमको विषयमा जानकारी लिन पाउने नागरिकको मौलिक अधिकार भएकाले मुद्दाको विवरण नमागिएको भएपनि पाउने व्यक्तिको बारेमा जानकारी पाउनु देशको नागरिकको अधिकार भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्