०४ असार २०८३, बिहीबार

दुर्घटनामा १९ जनाको मृत्यु

फागुन १०, २०७५
दुर्घटनामा १९ जनाको मृत्यु

तान्जिनिया- सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ । 

सीमा क्षेत्रमा पर्ने तान्डुमबाट दार–ए–सलामतर्फ आइरहेको मालबहाक मिनि ट्रकले विपरित दिशाबाट आइरहेको अर्को मिनि ट्रकलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । 

सोङवे क्षेत्रीय अस्पतालका मेडिकल अफिसर हेनरी काग्वाले दुर्घटनामा परी १७ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पतालमा मृत्यु भएको शुक्रबार जानकारी दिए । 

स्थानीय समय अनुसार बिहीबार बेलुका नौ बजेतिर सेन्जेल हिलमा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 
मृत्यु भएका मध्ये १५ जना महिला र चार जना पुरुष रहेका छन् । एउटा मिनि ट्रकले नियन्त्रण गुमाएर अर्को मिनि ट्रकलाई ठक्कर दिएकाले धेरै जनाको मृत्यु भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्