३१ जेठ २०८३, आइतबार

मदिरा सेवन गर्दा भारतमा २५  जनाको मृत्यु

फागुन १०, २०७५
मदिरा सेवन गर्दा भारतमा २५  जनाको मृत्यु

 भारत- भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । 

देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । 

पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ । 


बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदीरा सेवन गरेको केही समयमा नै उनीहरू विरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले एएफपीलाई बताए । 

salt training

कमेन्ट गर्नुहोस्